लुम्बिनी जनरलको नाफा ३३% ले बढ्यो, सवा ७ करोड आर्जन

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले चालु आवको दोस्रो त्रैमासमा ३२. ७७ प्रतिशतले खुद नाफा बढाएको छ ।

कम्पनीले यस अवधिमा १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ७२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

चालु आको दोस्रो त्रैमासको अवधिमा कम्पनीले खुद बीमा शुल्क संकलन रकम १४.८७ प्रतिशतले बढाएको छ । कम्पनीको खुद बीमाशुल्क ३१ करोड ३७ लाख रुपैयाँबाट बढेर ३६ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा लुम्बिनी जनरल बीमा कोषको आकार पनि ११ करोड ४८ लाख रुपैयाँ बढाउन सफल भएको छ । कम्पनीको बीमा कोषको आकार ५८ करोड ९ लाख रुपैयाँबाट ६९ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीले पूनर्बीमा कमिशन वापत ८ करोड ४४ लाख र लगानी, कर्जा तथा अन्य आयबाट २ करोड ३१ लख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७.९५ रुपैयाँ छ । जगेडा कोषमा २८ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रति शेयर नेटवर्थ १९१.८१ रुपैयाँ छ ।

यस अवधिमा कम्पनीले २ हजार ५२७ वटा दाबी वापत ४८ करोड ६० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले २ हजार ७७५ वटा बीमा दाबी वापत ६० करोड ७२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।