निरन्तर उकालो लागेको सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ । यो साता लागेसँगै निरन्तर उकालो लागेको सुनको मूल्यमा आज बिहीबार सामान्य गिरावट आएको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो ।

बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ६७.७४ अमेरिकी डलर र चाँदी ८३.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।