मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज, ब्याजदर स्थायित्व र तरलता व्यवस्थापनमा जोड

0
Shares

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले फागुन २ गते आइतबार साँझ ७ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने जनाएको छ ।

राष्ट्र बैंकले खुल्ला बजार कारोवार तथा ब्याजदर कोरिडोरलाइ प्रभावकारी बनाउँदै तरलता व्यवस्थापन मार्फत व्याजदरलाई स्थायित्व प्रदान गर्नेतर्फ जोड गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले सामान्य बचत र मुद्यतिको ब्याजअन्तर ५ प्रतिशत बढी हुन नहुने व्यवस्था कडाई साथ कार्यन्वयन गर्ने भएको छ ।

केन्द्रीय बैकले बचतको ब्याजदर अस्वभाविक रुपमा नघटोस भनेर मुद्दती र बचतको ब्याजदर अन्तर कायम गरेको थियो । तर, बैंकहरुले त्यसको गलत तवरवाट ब्याख्या गर्दै मुद्दती तथा बचत दुबै ब्याजदर घटाएपछि केन्द्रीय बैंकले अर्धबार्षिक समिक्षा मार्फत त्यसलाई व्यवस्थीत गर्न लागेको हो ।

कर्जाको ब्याज समेत धेरै उच्च नहोस भन्नका लागि केन्द्रीय बैंकले प्रिमियमको माथिल्लो दर तोक्ने भएको छ। बैंकहरुले आफ्नो आधार ब्याजदरमा प्रिमियम जोडेर कर्जाको ब्याज लिने गरेका छन् । प्रिमियम रकम बैंक अनुसार फरक फरक हुनेगर्छ । 

बैंक वित्तीय संस्थामा अधिक तरलता हुदाँ अनुत्पादक क्षेत्रमा पैसा धेरै गएको छ । यसले गर्दा पनि अनुत्पादक क्षेत्रमा लगानी वृद्धिबाट हुने जोखिम नियन्त्रणका लागि केन्द्रीय बैंकले निक्षेपको घट्दो ब्याजदरको विषयमा सम्बोधन गर्ने भएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले मार्जिन ल्यान्डिङ, ओभर ड्राफ्ट, चालुपूँजीमा गएको कर्जाको सन्दर्भमा समेत केही अप्रत्यक्ष रुपमा कडाई गर्ने देखिन्छ । अहिलेको अवस्थामा कोरोनाका कारण आर्थिक गतिविध ठप्प भएपछि बैंकहरुले लगानीका क्षेत्र नभएपछि मार्जिन लोन मात्र होइन आफैले पनि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न थालेका छन् । बैंकिङ क्षेत्रको घट्दो ब्याजदरको पैसा शेयर बजार केन्द्रित हुन थालेपछि राष्ट्र बैंकले नजिक बाट हेरिरहेको छ । यस बिषयमा पनि केही व्यवस्थाहरु परिमार्जन हुने आँकलन गरिएको छ ।

कोरोनाका कारण सिथिल भएको अर्थतन्त्र सकारात्मक होस भनेर केन्द्रीय बैंकले बजारमा तरलताको सहज गराउने नीति लियो । तर, बैंकहरुले सरकारले तोकका क्षेत्रमा भन्दा पनि शेयर बजारमा लगानी बढाएपछि त्यो पैसा अनुत्पादक क्षत्रेमा गएको हुदा केन्द्रीय बैंकले अर्धवार्षिक समिक्षा मार्फत निन्यत्रण गर्न खोजेको हो ।

नीतिगत परिवर्तन मार्फत नभै अप्रत्यक्ष रुपमा बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई टाइट गर्ने योजना राष्ट्र बैंकको छ । तरलता सहज गर्न खोज्दा शेयर बजार तथा घरजग्गामा पैसा गएर बबल आउन सक्ने विषयमा केन्द्रीय बैंकले केही कसीलो नीति अपनाउने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।