हिमालयन डिस्टीलरी सहित ६ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार हिमालयन डिष्टलरी सहित ६ कम्पनीको १ करोड ५ लाख ९ हजार ५०५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार हिमालयन डिस्टीलरीको २८ लाख ९२ हजार ३४१ दशमलव  २५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३.१७ कित्ता, लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता, एनएलजि इन्स्योरेन्स कम्पनीको ७ लाख १७ हजार २५५ कित्ता बोनस सूचीकृत भएको हो।

त्यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ लाख ९९ हजार १६२ कित्ता, र कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३ दशमलव ७९५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

उक्त शेयर बोनस शेयर सम्बन्धित कम्पनीका शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि उनीहरूले दोश्रो बजारमा किनबेच गर्न पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।