काठमाडौँ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ र १ तोला चाँदीको मोल ५ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।
हिजो बिहीबार १ तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ र १ तोला चाँदीको मोल ५ हजार ६० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया