काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेसँगै प्रतितोला ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १६७.३ अमेरिकी डलर र चाँदी ८६.८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया