साना किसान लघुवित्तको साढे १२ हजार कित्ता शेयर लिलामीमा आउने

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १२ हजार ४१२ कित्ता शेयर लिलामी गर्ने भएको छ ।

लघुवित्तले यस अघि बिक्रीमा ल्याएको हकप्रदमा नबिकेको शेयर शिलबन्दी बोलकबोलको माध्यमबाट बिक्रीमा ल्याउने भएको हो ।

लघुवित्तले ३३६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण शेयर लिलाम बिक्री गर्ने जनाएको छ । शेयर लिलाम बिक्री गर्न निष्कासन प्रबन्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ्गलाई फागुन ६ गते नियुक्त गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।