इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ सुरु, टाटा ईभीदेखि स्मार्टफोनसम्म उपहार


काठमाडौँ। विश्वव्यापी मोबिलिटी तथा अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सार्वजनिक गरेको छ। ड्राइभर पार्टनर्सको योगदानको सम्मानस्वरूप ल्याइएको यस अभियानमा टाटा एक्सप्रेस–टी ईभी, याडिया भेलाक्स ईभी स्कूटर, सामसङ स्मार्टफोन र स्टेकेसन प्याकेजलगायत आकर्षक उपहारहरू राखिएको कम्पनीले जनाएको छ।

फागुन ११ देखि फागुन १७ (फेब्रुअरी २३–मार्च १, २०२६) सम्म न्यूनतम ४५ राइड पूरा गर्ने चालकले प्लेटिनम स्ट्याटस प्राप्त गरी अभियानमा सहभागी हुन सक्नेछन्। फागुन १८ देखि चैत १५ ९मार्च २–२९० सम्म सञ्चालन हुने साप्ताहिक चुनौतीहरूमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कार तथा ग्रान्ड प्राइजका लागि योग्य हुनेछन्। ग्रान्ड विजेताको घोषणा चैत १९ (अप्रिल २, २०२६) मा गरिने जनाइएको छ।

पुरस्कारअन्तर्गत क्याब श्रेणीका लागि १ जनालाई टाटा एक्सप्रेस–टी ईभी, बाइक श्रेणीका २ जनालाई याडिया भेलाक्स ईभी स्कूटर, १६ जनालाई सामसङ स्मार्टफोन र ४ जनालाई स्टेकेसन प्याकेज प्रदान गरिनेछ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर पार्टनर्स नै कम्पनीको सफलताको आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरूको समर्पणप्रति सम्मान व्यक्त गरिन्। अभियानले चालक सन्तुष्टि, दीर्घकालीन संलग्नता तथा सशक्तिकरणमा टेवा पुर्‍याउने कम्पनीको विश्वास छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।