सरकारले १० अर्बको विकास ऋणपत्र जारी गर्ने, लगानीकर्ताले पाउने प्रतिफल कति ?

0
Shares

नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ बरावरको आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्रमा लगानी गर्नेले पाउने प्रतिफल भने बोलकबोल विधि मार्फत निर्धारण हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकमा अनुसार बोलकबोल मार्फत आएका आवेदनका आधारमा कट आफ रेट निर्धारण गरेर ब्याजदर निर्धारण गरिन्छ । यसभन्दा अघि सरकारले निष्काशन गरेको १० अर्ब रुपैयाँ बरावरको ६ वर्षे विकास ऋणपत्रको कट रेट ३.९० प्रतिशत कायम भएको छ ।

मंगलबार देखि निष्काशन हुने सो विकास ऋणपत्र भने ८ बर्षमा परिपक्क हुनेछ । यसको ब्याजदर पनि यसभन्दा अघिल्लो विकास ऋणपत्रमा तय भएको कट अफ रेटको हाराहारीमा नै हुनेछ । वित्तीय प्रणालीमा अधिक तरलताका कारण घट्दो क्रममा रहेको ब्याजदरका कारण विकास ऋणपत्रको कटअफ रेट पनि कम तय हुने देखिन्छ ।

गत बैंशाखमा निष्काशन भएको विकास ऋणपत्रको कट अफ रेट ६.४८ प्रतिशत कायम भएको थियो । तर, गत असोजमा निष्काशन भएको विकास ऋणपत्रको कट अफ रेट ४ प्रतिशतमा झरेको छ । त्यसैगरी माघको ३ प्रतिशतको हाराहारीमा झरेको छ । यो घट्दो क्रममा मंगलबार निष्काशन हुन लागेको विकास ऋणपत्रको कट अफ रेट पनि सोही आधारमा रहने अनुमान गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग मार्फत जारी हुने सो विकास ऋणपत्रको नाम ‘विकास ऋणपत्र, २०८५ घ’ रहेको छ । बोलकबोल मार्फत बिक्री हुने सो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउने छन् ।

सो ऋणपत्र खरिदका फागुन ११ गते राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गोप्य रुपमा बोलपत्र पेस गर्नु पर्नेछ । यसरी पेस गरिएको बोलपत्र माघ १२ निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

धितोमा राखी कर्जा समेत लिन सकिने सो ऋणपत्र खरिदका लागि न्यूनतम ५० हजार देखि सोले निषेश भाग जाने गरी कुल निष्काशित रकमका लागी आवेदन दिन सकिनेछ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने जनाएको छ ।

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ । केन्द्रिय बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउदैनन् ।

राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्व ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशत १ अर्ब ५० करोड गरी छुट्याएको छ । संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले लगानी गर्न सक्नेछ । कुनै एक पक्षको ऋणपत्र बिक्री नभएको खण्डमा अर्को पक्षलाई बिक्री गरिनेछ । माग भन्दा धेरै आवेदन परेको खण्डमा दामासाहीको हिसाबले बाडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र बोलमुल्य बोलपत्र फारममा उल्लेख गर्नु पर्नेछ । लगानीकर्ताले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी पाउने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।