नयाँ पूनर्बीमा कम्पनी काठमाडौं रि इन्स्योरेन्स आउने

0
Shares

नेपालमा काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पूनर्बीमा कम्पनी आउने भएको छ । काठमाडौं रि–इन्स्योरेन्स लिमिटेड नामसहित बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वले कम्पनी दर्ताको प्रक्रिया सुरु गरेको हो ।

कम्पनी स्थापनाका लागि सबै तयारी अन्तिम चरणमा रहेको जनाईएको छ । बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताव शाह, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बिमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पूनर्बीमा कम्पनीको दर्ता प्रक्रिया अघि बढाईएको हो ।

काठमाडौं रि इन्स्योरेन्सको अधिकृत पूँजी २० अर्ब रुपैयाँ रहेको छ । जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ भने तत्काल चुक्ता पूँजी ७ अर्ब रहेको जनाईएको छ ।

जसमा ७० प्रतिशत (४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत) र सर्वसाधारणको ३० प्रतिशत कायम हुने बताइएको छ । ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीचमा वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको छ ।

२ जना संस्थागत, दुई जना व्यक्तिगत, दुई जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी सात जना सदस्यीय सञ्चालक समिति रहने जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।