पूँजीगत लाभकर गणनाको विवाद समाधान गर्न अर्थमन्त्रालयमा छलफल जारी

0
Shares

शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर गणना विधि र प्रक्रियाको विवाद पूर्ण रुपमा साम्य पार्न अर्थमन्त्रालयमा लगानीकर्ता तथा सरोकारवाला निकायबीच छलफल भईरहेको छ ।

यस अघिका पटक पटकका छलफलले ठोस निष्कर्ष निकाल्न नसकेपछि बुधबार अर्थमन्त्रालयले निर्णायक छलफलका लागि लगानीकर्ता र पूँजीबजारका अन्य सरोकारवाला निकायहरुलाई बोलाएको हो ।

राजश्व सचिव लाल शंकर घिमिरेले अर्थमन्त्रालयमा बुधबार बोलाएको छलफलमा आन्तरिक राजस्व विभाग, धितोपत्र बोर्ड, नेप्से, सीडीएस, स्टक ब्रोकर एशोसिएसन तथा लगानीकर्ता संगठनका प्रतिनिधि सहभागि छन् ।

सोमबार विभिन्न लगानीकर्ताका संस्थाका प्रतिनिधिहरुले राजस्व सचिव लालशंकर घिमिरेलाई भेटेर यो समस्या तत्काल समाधान गर्न माग गरेका थिए । त्यस्तै मंगलबार धितोपत्र बोर्डमा विरोधपत्र बुझाएका थिए ।

गत साता धितोपत्र बोर्ड, नेप्से, सिडिएस र लगानीकर्ताले २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहिलाई आधार बनाएर भारित औसत गणना सहमति गरेका थिए ।