प्राइम लाइफको बोनस लाभांश वितरण

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) ले शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर वितरण गरेको छ ।

कम्पनीको पुस २७ गते सम्पन्न भएको तेह्रौं वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा नै वितरण गरेको हो ।

प्राइम लाइफले बुकक्लोजको अघिल्लो दिन अर्थात पुस १६ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको हो । यससँगै लगानीकर्ताले उक्त बोनस शेयर धितोेपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

यसैगरी कम्पनीले हालसम्म पनि कागजी शेयर धारण गरेका (अभौतिकिकरण नगरेका ) शेयरधनीहरुलाई डिम्याट गर्न समेत आग्रह गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।