आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

0
Shares

आरम्भ चौतारी लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।  लघुवित्त सञ्चालक समितिको फागुन १२ गते सम्पन्न ९९ औं बैठकले ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार लघुवित्तले चुक्ता पूँजी २६ ककरोड ३४ लाख ४८ हजार रुपैयाँको ९.११ प्रतिशतले हुन आउने २ करोड ३३ लाख १५ हजार १४८ रुपैयाँ बराबरको बोनस लाभांश वितरण गर्नेछ । बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

आरम्भ र चौतारी लघुवित्तबीच मर्जर सम्पन्न भएकोले लघुवित्तका शेयरधनीले बोनस वापतको कर भने तिर्नुपर्दैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।