सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ४०० रुपैयाँ र चाँदी ७० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ३८.८९ अमेरिकी डलर र चाँदी ८२.४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।