काठमाडौँ । कारोबार सुरु भएको पहिलो घण्टामै सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार मध्यान १२ बजे नेप्से १२.०५ अंकले घटेर २७८८.७ अंकमा पुगेको छ ।
यो अवधिमा ३०६ कम्पनीका १ करोड २ लाख ३४ हजार ६३१ कित्ता सेयरहरू ३ अर्ब ४६ करोड ७७ लाख ९५ हजार रुपैयाँमा किनबेच भएका छन् ।
कारोबारमा आएकामध्ये सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आँखुखोला हाइड्रोपावर २६ करोड २४ हजार रुपैयाँको कारोबार सहित सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा रहँदा रिधि पावर कम्पनी २४ करोड ८३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार सहित दोस्रौ स्थानमा रहेको छ ।
हिमाल दोलखा हाइड्रोपावरले १० लाख ४१ हजार ७३२ इकाईको कारोबार गरेर सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पनि हिमाल दोलखा २ हजार ७६ पटकको कारोबार सहित अग्रस्थानमा रहेको छ ।












प्रतिक्रिया