माउन्टेन ड्यूको ‘पिक्स अफ करेज’ अभियानलाई अन्तर्राष्ट्रिय अवार्ड


काठमाडौँ । माउन्टेन ड्यू नेपालको ‘पिक्स अफ करेज’ अभियानले स्पाइक्स एसिया २०२६ मा ४ प्रतिष्ठित अवार्ड जित्दै अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ ।

अभियानले विभिन्न विधामा ग्रान्ड प्रिक्ससहित उत्कृष्ट अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।

नेपाली मूलको यो अभियानलाई लियो बर्नेट नेपालसँगको सहकार्यमा तयार पारिएको हो, जसले डिजिटल प्लेटफर्ममार्फत विश्वभर प्रचार पाएको थियो । अभियानले एभरेष्ट बाहेकका हिमालहरूको सम्भावना उजागर गर्दै नेपालको पर्वतारोहण कथालाई नयाँ ढंगले प्रस्तुत गरेको छ ।

सन् २०२५ मा सुरु भएको अभियानले टिभी, डिजिटल र इन्फ्लुएन्सरमार्फत करिब २ करोड दर्शकसम्म पहुँच बनाएको छ भने ४ लाखभन्दा बढी प्रयोगकर्ता सहभागिता जुटाएको जनाएको छ । साथै, १०० भन्दा बढी वैकल्पिक हिमाल आरोहणलाई प्रोत्साहन गर्दै २ हजारभन्दा बढी मौसमी रोजगारी सिर्जना गर्न योगदान पुर्‍याएको छ ।

पेप्सिकोका प्रतिनिधिले अभियानले प्रविधि, संस्कृति र साहसलाई जोड्दै ब्रान्डको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएको बताएका छन् ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार  १३ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।