नारायणी डेभलपमेन्ट बैंकको २३ हजार कित्ता शेयर लिलामीमा आउने

0
Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को २३ हजार ७३९ कित्ता शेयर लिलामी बिक्रीमा आउने भएको छ ।

राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न बैंकले जारी गरेको एक बराबर एक अनुपातको हकप्रद शेयरमा सो परिमाणमा शेयर अवितरित भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

बैंकले पुस २८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीका लागि माघ १३ गतेदेखि फागुन ३ गतेसम्म १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गरेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिने ८३२ जना शेयरधनीहरूलाई ६ लाख ३२ हजार ४३० कित्ता शेयर फागुन १४ गते बाँडफाँड गरिएको हो ।

साथै हकप्रद शेयरमा हकभन्दा बढी शेयर माग गरी दरखास्त दिएका आवेदकहरूलाई बाँडफाँडमा नपरेको हकप्रद बापतको रकम फागुन १८ गते मंगलबारबाट फिर्ता गर्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।