प्रि-ओपनिङमा १४ अंकले बढ्यो नेप्से

0
Shares

सोमबारको प्रि ओपनिङ सेसनमा शेयर बजार परिसूचक नेप्सेमा १३.९४ अंकको सुधार आएको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा सुधार आएपछि परिसूचकमा सुधार आएको हो ।

कुल २५ कम्पनीको शेयर कारोबार भएकोमा १६ कम्पनीको शेयरमूल्य बढेको छ । ५ कम्पनीको शेयर मूल्य घटेको बजारमा ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सोमबार प्रि ओपनिङ सेसनमा २५ कम्पनीका ४ हजार ८५५ कित्ता शेयरहरु ३६ लाख ३५ हजार ७२ रुपैयाँमा किनबेच भएका छन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।