नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक


काठमाडौँ । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ। कार्यक्रम राजधानीको प्रमुख गन्तव्यमध्ये एक, कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा आयोजना गरिएको थियो।

उद्घाटनका लागि अग्लो स्थानको छनोटले यामाहाको नवप्रवर्तन र प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने सोच प्रष्ट्याउनुका साथै बहुस्तरीय र गतिशील वातावरणमा कार्यक्रम सञ्चालन गर्ने कम्पनीको भनाई छ।

कार्यक्रममा वर्षा बस्नेत र श्रीहरी पौडेल जस्ता चर्चित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो भने सञ्चारकर्मी र कन्टेन्ट क्रिएटरहरूले उत्साहजनक सहभागिता रहेको थियो। अनावरण कार्यक्रममा हाइब्रिड प्रविधि र सहभागिताको महत्वलाई झल्काउने गरी रोबोट र मानिसको संयुक्त प्रस्तुति देखाइएको थियो।

कार्यक्रमको समापनमा दीपक कुमार अग्रवालले यामाहाका साझेदार र ग्राहकप्रति आभार व्यक्त गर्दै भने, “यो उपलब्धि यामाहा परिवारको सामूहिक प्रयासको परिणाम हो। हामी सबै एकजुट भएर नेपालको यातायात भविष्यलाई आकार दिन प्रतिबद्ध छौं।”

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।