
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) को १३ लाख बढी संस्थापक शेयर बिक्री खुला भएको छ । बैंकका संस्थापक समुहका शेयरधनीहरुले उक्त परिमाणको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त शेयर बिक्री खुला गरेको हो ।
बैंकका शेयरधनीहरु नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको ९ लाख कित्ता, नेपाल सेक्युरिटीज एण्ड इन्भेष्टमेन्टको नाममा रहेको ४ लाख ६० हजार २७८ कित्ता, दिलिप श्रेष्ठको नाममा रहेको २ हजार ७०४ कित्ता र विश्वराज भण्डारीको नाममा रहेको १ हजार ६२२ कित्ता शेयर गरि जम्मा १३ लाख ६४ हजार ६०४ कित्ता संस्थापक शेयर बिक्री गर्न बैंकमा सञ्चालक समिति समक्ष निवेदन दिएका थिए ।
संस्थापक शेयर शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले फागुन १७ गते देखि ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । शेयर खरीदका लागि आवेदन फारम बैंकको बागबजार स्थीत शेयर शाखाबाट प्राप्त गर्न सकिनेछ ।
राष्ट्र बैंकको विद्यमान एकिकृत निर्देशन बमोजिम संस्थापक समुहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकोले पहिलो चरणमा विद्यमान संसथापकहरुले मात्र आवेदन गर्न पाउने गरी बिक्री खुला गरिएको हो ।
तोकिएको मितिसम्म विद्यमान संस्थापक शेयरधनीका तर्फबाट आवेदन नआएमा अन्य व्यक्ति वा संस्थाका लागि आवेदन खुला गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया