कुमारी इक्वीटी फण्डको इकाईमा आवेदन दिने म्याद ढिलो मितितर्फ लम्बियो

6
Shares

कुमारी बैंकको प्रवद्र्धनमा संचालित कुमारी सामुहिक लगानी कोष अन्तरगतको कुमारी इक्वीटी फण्डको इकाईमा आवेदन दिने म्याद (समय) ढिलो मितितर्फ लम्बिएको छ ।

छिटोमा १८ गते बन्द हुनेगरी फागुन १४ देखि निष्काशनमा आएको उत्त१m फण्डको इकाईमा सबै इकाई बिक्री हुन नसकेपछि ढिलो मिति अर्थात फागुन २८ गतेस्म्म लम्बिएको हो । यसबीचमा ढिलो मितिभन्दा अगावै सबै इकाईका लागि माग भएको खण्डमा भने सो मिति अगावै निष्काशन बन्द हुने कुमारी क्यापिटलले जनाएको छ ।

फागुन १४ गते शुक्रबारदेखि सर्वसाधारणका लागि बिक्रीमा आएको फण्डको सोमबार साँझसम्ममा ८० प्रतिशत बढी बिक्री भइसकेको छ । फण्डले सर्वसाधरणका लागि ६८ करोड रुपैयाँ बराबरका ६ करोड ८० लाख इकाईहरु बिक्रीमा राखेको ल्याएको हो ।

फण्डको आकार ८० करोडको भए पनि बजारबाट संकलित रकमका आधारमा फण्डको आकार २५ प्रतिशतसम्म विस्तार गर्न सकिने व्यवस्था छ । अहिलेसम्म परेका आवेदनहरुको आधारमा कुमारी इक्विटी फण्डको आकार १ अर्ब रुपैंयासम्म पुग्नसक्ने बताइएको छ ।

कुमारी सामुहिक लगानी कोष अन्तरगत ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गरेकोमा कोष प्रवद्र्धक कुमारी बैंकलाई १५ प्रतिशतले हुने १ करोड २० लाख इकाई सुरक्षित गरी बाँकी इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो।

१० वर्षे अवधिको बन्दमुखी योजनाका इकाईमा खरीदका लागि लगानीकर्ताले मेरो शेयरका साथै आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्र्तगत पनि आवेदन दिन सक्ने छन् । न्यूनतम १ सय ईकाई र अधिकतम ८० लाख ईकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

इकाई बिक्रीबाट संकलित रकम दक्षतापुर्वक योजनाले तोकेका क्षेत्रहरुमा लगानी गरी उच्चतम प्रतिफल सुनिश्चित गर्ने विश्वास क्यापिटलले लिएको छ । यस क्रममा फण्डमा संकलन हुने रकमको ७० प्रतिशत रकम दोस्रो बजारमा लगानी गरिनेछ भने ५ प्रतिशत रकम साधारण शेयर, २० प्रतिशत रकम फिक्स्ड इनकम सेक्युरिटिज र ५ प्रतिशत र नगद मौज्दातका रुपमा राखिने क्यापिटलले जनाएको छ ।

फण्डको ईकाईमा लगानी गर्ने इकाईधनीहरुलाई पहिलो वर्ष १० रुपैयाँबाट सुरु हुने इकाईको नेट एसेट भ्यालु अन्तिम वर्षमा २२ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतारचढावबाट उत्पन्न हुने जोखिम लिन अनिइच्छुक लगानकिर्ताका लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उत्तम मानिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार  १० : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।