प्रि-ओपनिङमा १८ कम्पनीको कारोबार हुँदा १५ को मूल्य बढ्यो

0
Shares

मंगलबारको प्रि ओपनिङ सेसनमा कुल १८ कम्पनीको शेयर कारोबारमा आएकोमा १५ कम्पनीको शेयरमूल्य बढेको छ ।

कुल १८ कम्पनीको शेयर कारोबार भएकोमा १५ कम्पनीको शेयरमूल्य बढेको हो । २ कम्पनीको शेयर मूल्य घटेको बजारमा १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज शेयर बजार परिसूचक नेप्सेमा ८.४३ अंकको सुधार आएको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा सुधार आएपछि परिसूचकमा सुधार आएको हो । यससँगै नेप्से २ हजार ५२३ दशमलव ४६ बिन्दुमा पुगेको छ ।

प्रि-ओपनिङ सेसनमा १८ कम्पनीका ४ हजार ९३२ कित्ता शेयरहरु २२ लाख १८ हजार ५१० रुपैयाँमा किनबेच भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।