काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँ घट्दा चाँदी तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५२१.८७ अमेरिकी डलर र चाँदी ७१.७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया