काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाहले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।
रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई बिहीबार नै सर्वसम्मत चयन गरेको थियो ।
सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने तयारी छ।
शाहले वैदिक–सनातन परम्पराअनुसार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र लगत्तै प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने तयारी छ । शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया