मल्टीपर्पस फाइनान्सको साढे १७ लाख कित्ता संस्थापक शेयर लिलामीमा

0
Shares

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (MPFL) को १७ लाख ५९ हजार ६२१ कित्ता शेयर लिलामीमा खुलेको छ ।  फाइनान्सले हकप्रदमा नबिकेको सो परिमाणको संस्थापक शेयर यहि फागुन २८ गतेदेखि लिलामीमा ल्याउने भएको हो ।

उक्त शेयर खरीद गर्न चाहने कम्पनीका संस्थापक, इच्छुक सर्वसाधारण लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलकबोल गर्दा आवेदकले न्यूनतम एक हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीले यसअघि असार २३ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद निष्काशन गरेको थियो । सो बेला उक्त हकप्रद शेयरमा आवेदन नपरेपछि लिलामीद्वारा पुनः बिक्री गर्न लागिएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।