सिभिल लघुवित्तको लाभांश बुधबारसम्म कायम शेयरधनीले मात्र पाउने

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश बुधबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

लघुवित्तले चैत्र ५ गते, बिहीबार, बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।

लाभांश वितरण र साधारण सभाका लागि कम्पनीले फागुन २० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनछन् ।

सिभिल लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८४२ प्रतिशत नगद गरी ३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसअनुसार लघुवित्तले चुक्ता पूँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँको ३.५० प्रतिशत बराबरको ८१ लाख ८७ हजार ६७९ रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८४२ प्रतिशत बराबरको ४ लाख ३० हजार ९३० रुपैयाँ बराबरको नगद गरी कुल ८६ लाख १८ हजार ६०९ रुपैयाँ लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउनेछ ।

यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डाहरू समेत पारित गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।