प्रभु बैंकको बोनस सूचीकृत

0
Shares

प्रभु बैंक (PRVU) को बोनस शेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

बुधबार सूचीकृत भएको बैंकको उक्त बोनस गत पुस २६ गते सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो । उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरेको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र पाउनेछन् ।

बैंकले पुस २६ गते सम्पन्न साधारण सभाका लागि पुस १० गते शुक्रबार बुकक्लोज गरेको थियो । यसअनुसार पुस ९ गते बिहीबारसम्म कायम बैंकका शेयरधनीले उक्त बोनस शेयर पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १४ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।