फागुनसम्म ४४ अर्ब १५ करोड बीमा दाबी भुक्तानी


काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को ८ महिना (साउन–फागुन)सम्म बीमा कम्पनीहरुले ४४ अर्ब १५ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले उक्त रकम दाबी भुक्तानी गरेका हुन् । जसमा जीवन बीमा कम्पनीहरुले १ लाख २५ हजार ८३० वटा दाबी मार्फत २६ अर्ब ८४ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

अघिल्लो वर्ष जीवन बीमकहरुले १ लाख ८२ हजार ६२१ वटा दाबीको २८ अर्ब २५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म निर्जीवन बीमकहरुले ९४ हजार २१५ वटा दाबीको १७ अर्ब ३० करोड ८८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरुले ८८ हजार २९२ वटा दाबीको १४ अर्ब ९ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

६५ अर्ब भुक्तानी हुन बाँकी

चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांक हेर्दा जीवन र निर्जीवन बीमकहरुले अझै ६५ अर्ब ९ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।

जसमा जीवन बीमकहरुले ६२ हजार ३२३ वटा दाबीको ५ अर्ब ७५ करोड २८ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले १ लाख १७ हजार ७१९ वटा दाबीको ५९ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।