चलचित्र आबाट आमाको बक्स अफिसमा एकछत्र राज, कमाई १३ करोड १० लाख बढी


काठमाडौँ । चलचित्र ‘आबाट आमा’ को बक्स अफिसमा एकछत्र राज रहेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार आबाट आमाले चैत १४ गते मध्यरातसम्ममा १३ करोड १० लाख बढी आम्दानी गरेको हो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले यो साता चलचित्र आबाट आमाको मात्र बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको यस चलचित्रले उत्कृष्ट आम्दानी गर्न सफल भएको छ । यो साताको बक्स अफिस तथ्यांकअनुसार, चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्स अफिसमा एकछत्र राज देखिएको छ । यो साता प्रदर्शनमा रहेका अन्य चलचित्रको आम्दानी सार्वजनिक गरेको छैन ।

बोर्डका अनुसार गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको आबाट आमा चलचित्रले हालसम्म ५ लाख ३ हजार ११४ वटा टिकट बिक्रीबाट १३ करोड १० लाख ९२ हजार रुपैयाँ कलेक्सन गरेको हो । उक्त चलचित्र चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

शुक्रबारदेखि चलचित्र हामी तीन भाई प्रदर्शनमा आएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।