कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल


काठमाडौँ । न्यायाधीश सपना प्रधान मल्ल कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले मंगलबार अवकाश भएपछि सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश मल्लले आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।

नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम न्यायाधीश स्वतस् कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ ।

त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेकी उनले दिल्ली विश्वविद्यालयमा कानूनमै स्नातकोत्तर गरिकी छन् भने अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छन् ।

सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि प्रधानसँग विभिन्न अन्तराष्ट्रिय संघसंस्था, कानून न्याय एवं मानवअधिकारका विषयमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार  ०७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।