नेपालको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकमा अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको हो।
बिहीबार पत्रकार सम्मेलनमार्फत विभागले कुल गार्हस्थ उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरेको जानकारी दिएको छ । यसअघि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएकामा आधार वर्ष फेरिएपछि अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको विभागले जनाएको छ ।साथै कोरोना भाइरस महामारीका कारण पनि आर्थिक वृद्धिदर ऋणात्मक भएको हो।
यसअघि सन् २०००/२००१ लाई आधार मानेर तथ्यांक सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०/२०११ लाई आधार मानेर तथ्यांक तयार गरिएको विभागले जनाएको छ । विभागले पाचौं आधार वर्ष परिवर्तनपछिको पहिलो तथ्यांक सार्वजनिक गरेको हो। अबदेखि हुने सम्पूर्ण गणनाहरुको आधार वर्ष २०१०/११ हुने छ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणना आधार वर्ष परिवर्तन गरेको छ। विभागले अन्तर्राष्ट्रिय मापदण्ड र सिद्दान्तका आधारमा नै मापन वर्ष परिर्वतन गरिएको जानकारी दिएको छ ।
आधार वर्ष परिवर्तन गर्दै तयार पारिएको तथ्यांकअनुसार अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँको पुगेको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया