सिटिजन्स बैंकका ग्राहकले र ए.एस.जि.आइ. केयरमा विशेष छुट प्राप्त गर्ने

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल र ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेस बानेश्वर बीच बैंकका ग्राहक महानूभावहरुलाई बिभीन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक महानूभावहरुले ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेस प्रा.ली. मा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।