प्रभु बैंकको बोनस हितग्राही खातामा जम्मा

0
Shares

प्रभु बैंक लिमिटेड (PRVU) ले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खतामा जम्मा गरेको छ ।

बैंकको पुस २६ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित भएको एक्त बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार मिल्नेगरी फागुन १९ गते नेप्सेमा सूचीकरण भएको थियो ।

बैंकले साधारण सभाका लागि शेयर दाखिला खारेजी गरेको दिन अर्थात पुस १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो ।

सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीलाई भने क्रमशः बोनस शेयर जम्मा गर्दै जाने बैंकले जनाएको छ । यस्तै हालसम्म काजगजी शेयर धारण गरेका शेयरधनीहरुलाई यथाशीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।

बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।