मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।

यो बैठक आकस्मिक रुपमा बोलाइएको हो । आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।

गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन् । बैठक सकिएपछि उनी काभ्रे जाने बताइएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार  १२ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।