डिप्रोक्स लघुवित्तको लाभांश चैत ९ गतेसम्म कायम शेयरधनीलाई, १९ गते एजिएम

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले साधारण सभा आह्वान गरेको छ ।

लघुवित्त सञ्चालक समितिको फागुन २१ गते सम्पन्न २८४ औं बैठकले चैत २० गते शुक्रबार होटल मोनालिसा सौराहा, चितवनमा १९ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले गत माघ २८ गते सम्पन्न सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजी १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ ।

बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ पुग्नेछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि डिप्रोक्स लघुवित्तले चैत १० गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लघुवित्तका शेयरधनीले लाभांश पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।