
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २३ गते आइतबार दुई वाणिज्य बैंक र एक लघुवित्त गरी तीन कम्पनीको १ करोड ८० लाख ७७ हजार ४७२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३०३ दशमलव ५६ कित्ता, माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १६९ दशमलव ३१ कित्ता र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
लक्ष्मी बैंकको पुस २८ गते, माछापुच्छ्रे बैंकको पुस २ गते र छिमेक लघुवित्तको पुस २९ गते सम्पन्न भएको साधारण सभाले उक्त बोनस शेयर पारित गरेको थियो । उक्त साधारण सभाका लागि तीन कम्पनीहरुले क्रमश पुस १७, असोज २२ गते र पुस १५ गते शेयर दाखिला खारेजी गरेका थिए । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धीत कम्पनीका लगानीकर्ताले मात्र उक्त बोनस शेयर पाउनेछन् ।
उक्त शेयर बोनस शेयर सम्बन्धित कम्पनीका शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दास्रो बजारमा किनबेच गर्न पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया