एघार लाख घुस सहित प्रहरी हवल्दार र रेष्टुरेन्ट सञ्चालक पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख घुस सहित प्रहरी हवल्दार र एक रेष्टुरेन्टका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठ र ओल्ड टाउन क्याफे एण्ड पब रेस्टुरेन्ट चावहिलका सञ्चालक अनिश जोशी रहेको आयोगले जनाएको छ ।

प्रहरी हवल्दार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा महानगरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस माग गरेकी थिइन् ।

उक्त सूचनाका आधारमा आयोगको टंगालबाट गएको टोलीद्वारा श्रेष्ठलाई ११ लाख रुपैयाँ घुस लिई ओल्ड टाउन क्याफे एण्ड पब रेस्टुरेन्ट चावहिलका सञ्चालक अनिश जोशीलाई राख्न दिएकी थिइन् ।

सोही अवस्थामा उक्त रकम सहित दुबैलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिई अनुसन्धान अघि सारिएको आयोगले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।