काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम गर्ने सहमति भएपछि विश्व बजारमा सकारात्मक प्रभाव देखिएको छ । मंगलबार युद्धविरामको समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने विश्रभरका सेयर बजारमा उछाल देखिएको हो ।
युद्धविरामको खबरले विश्व बजारमा कूल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने हर्मुज जलमार्गमध्यबाट तेलका ट्याङकरहरू सहज आवतजावत गर्ने आशा गरिएको छ । यसका कारण अमेरिकी कच्चा तेलको मूल्यमा १५ प्रतिशतको गिरावट आएर प्रतिब्यारेल ९५ डलरभन्दा तल झरेको छ । यद्यपी यो मूल्य फेबु्रअरी २७ अर्थात युद्ध सुरु हुनुभन्दा अगाडी स्थिर मूल्यको तुलनामा अझै बढी नै रहेको सिएनएनले उल्लेख गरेको छ । यस्तै बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १३.७५ प्रतिशतले घटेर ९४.६८ डलर कायम भएको छ ।
युद्धविरामको सकारात्मक प्रभाव विश्व सेयर बजारमा पनि देखिएको छ । अमेरिकाको डाउ फ्युचर्स २.२ प्रतिशत अर्थात एक हजार अंकले बढेको छ भने एस एण्ड पी २.४ प्रतिशत अर्थात ५०० अंकले र नास्दाक फ्युचर्स ३ प्रतिशतले बढेको छ । एसियाली बजारमा पनि बुधबार बिहान उत्साह देखिएको सिएनएनले उल्लेख गरेको छ । जापाको निक्केई ४.९ प्रतिशतले बढ्दा दक्षिण कोरियाको कोस्पी ५.७ प्रतिशत र हङकङको ह्याङ सेङ २.८ प्रतिशतले बढेको छ ।
बजारमा उत्साह देखिएपनि विश्लेषकहरूले आशंका व्यक्त गरेका छन् ।
बजारमा उत्साह देखिए पनि विश्लेषकहरूले भने केही आशंका व्यक्त गरेका छन् । र्यापिडन इनर्जी ग्रुपका संस्थापक बब म्याकनालीका अनुसार, बजारले राम्रो समाचार खोजिरहेको भए पनि हर्मज जलडमरूमध्य पूर्ण रूपमा खुला हुन्छ वा हुँदैन भन्ने हेर्न बाँकी नै छ। उनले वासिङ्टन र तेहरानबीच अझै पनि एकअर्कालाई पछि पार्ने रणनीति चलिरहेको बताएका छन् । यता इरानले भने यो युद्धविरामलाई अस्थायी मात्र भएको बताएको छ। इरानी सरकारी समाचार च्यानल आईआरआईबीका अनुसार, इरानले यो युद्धको अन्त्य नभएको र सेनाले सर्वोच्च नेताको आदेश पालन गर्दै तत्कालका लागि मात्र गोलीबारी बन्द गरेको जनाएको छ । विज्ञहरूका अनुसार लगानीकर्ताहरू यो द्वन्द्वको स्थायी समाधान र तेल आपूर्तिको मुख्य मार्ग हर्मज जलडमरूमध्य खुला भएको हेर्न चाहन्छन् ।
https://edition.cnn.com/2026/04/07/markets/us-stocks-oil-trump-iran-ceasefire












प्रतिक्रिया