अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदासँगै आज नेप्से नखुल्ने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार शेयर खरीद बिक्री नहुने भएको छ ।

सरकारले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार सार्वजनिक विदा दिएसँगै आज नेप्से पनि बन्द रहनेछ ।

हरेक वर्ष मार्च ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।

राजनैतिक अन्योलताका कारण आइतबार नेप्से २१.५८ अंक घटेर २ हजार ४८५ दशमलव ०९ बिन्दुमा झरेको छ । आइतबार २११ कम्पनीका १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटक खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब रुपैयाँको भएको थियो । 

मंगलबार अब आइतबार बन्द भएको सूचकबाटै कारोबार खुल्नेछ । मंगलबार र बुधबारपछि बिहीबार पनि महाशिवरात्रिको सार्वजनिक विदा रहेका कारण यस साता अब मंगलबार र बुधबार मात्र शेयर कारोबार खुल्नेछ ।

पछिल्लो समय नेप्सेमा सूचकसँगै कारोबार रकम पनि घट्दै गएकाले बजार सूचक कता जाला भन्ने लगानीकर्तामा कौतुहलता रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।