चिलिमे जलविद्युत केन्द्रको उत्पादन बन्द, पाँच दिनभित्रै पुनः सञ्चालनमा आउने

0
Shares

बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादन भैरहेको विद्युत करिब एक साताका लागि बन्द भएको छ । विद्युत केन्द्रमा उपकरण परिवर्तन गर्नका लागि उत्पादन बन्द गरिएको हो ।

केन्द्रका प्रमुख मनिष विष्टका अनुसार जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएपछि नयाँ परिवर्तन गर्न लागिएको हो । चार–पाँच दिनभित्रै उपकरण जडान कार्य सम्पन्न गर्ने गरी द्रुत रूपमा काम अगाडि बढाइएको उनले जानकारी दिए ।

विद्युतगृहमा जडित उपकरण निकै पुरानो भएकाले बीचबीचमा पर्न सक्ने असरलाई मध्यनजर राखी नयाँ उपकरण जडान गर्न थालिएको केन्द्र प्रमुख विष्टले जानकारी दिए । आयोजनाले विसं २०६० भदौ ८ गतेबाट उत्पादन सुरु गरेको थियो ।

२ अर्ब ६४ करोड रुपैयाँको लागतमा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाको २ हजार ८२६ मिटर हेडरेस सुरूङ रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।