काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी तोलामा १५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७२२.२८ अमेरिकी डलर र चाँदी ७४.११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया