सुनको भाउ एकैदिन ७ हजारले बढ्यो, पुग्यो तीन लाख नजिक


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ७ हजार २०० रुपैयाँले बढेसँगै तीन लाख नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा २०५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८०३.७७ अमेरिकी डलर र चाँदी ७६.६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।