कामना सेवा बैंकको डिबेन्चरको रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल

0
Shares

कामना सेवा विकास बैंक लिमिटड (KSBBL) ले जारी गरेको ‘९% केएसबिबिएल डिबेन्चर २०८७’ को रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ ।

बैंक सञ्चालक समितिको निर्णय अनुसार अब बैंकको डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट मार्फत हुनेछ ।

बैंकले गते माघ २२ गते बिहीबारदेखि फागुन ६ गतेसम्म प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० लाख इकाई डिबेञ्चर जारी गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुमध्येबाट योग्य सर्वसाधारण आवेदकलाई ८ लाख ९९ हजार ३६८ कित्ता ऋणपत्र फागुन १२ गते बाँडफाँड गरेको थियो ।

विं.सं २०८७ सालमा परिपक्व हुने ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।