एलआईसी नेपाल र निर्धन उत्थानको लाभांश अनुमोदन हुँदै

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेड र निर्धन उत्थान लघुवित्तले आज साधारण सभा मार्फत यसअघि शेयरधनीलाई प्रस्ताव गरेको लाभांश स्वीकृत गर्दैछन् ।

एलआईसी नेपालले नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः३० बजे १८ औं वार्षिक साधारण सभा र निर्धन उत्थान लघुवित्तले नक्सालको केन्द्रीय कार्यालय भगवति बहालमा दिउँसो १ बजे २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । दुबै सभा भर्चुअल माध्यबाट आह्वान गरिएको छ ।

एलआईसी नेपाल (LICN) को १८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७५।७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनका लागि ०.५२३३ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ७ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार फागुन ६ गते बिहीबारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन लाभांश पाउन योग्य हुनेछन् ।

यसैगरी सभामा आव २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण तथा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न अख्तियारी दिे लगायतको एजेण्डाहरु सामावेश गरिएको छ ।

निर्धन उत्थान (NUBL) को २२ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पूँजीको १३ प्रतिशत (१९ करोड ५० लाख) बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६८ (१ करोड २ लाख ६३ हजार १५८ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरणका लागि फागुन ११ गते मंगलबारदेखि बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात फागुन १० गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

यस्तै सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभाबाट आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि पारित हुनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।