समीट लघुवित्तको अधिकांस सूचकमा सुधार, खराब कर्जा बढ्यो नेटवर्थ घट्यो

0
Shares

समीट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा अधिकांस सूचकहरु सकारात्मक रहेको प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ ।

तर अघिल्लो बर्षको भन्दा कम्पनीको खराब कर्जा ह्वात्तै बढेको छ ।

समीटले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ९७ लाख खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४९ प्रतिशत बढी हो । कम्पनीको नाफा बढ्दा प्रतिशेयर आम्दानीमा समेत सुधार भएको छ । प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा बाट २८ रुपैयाँ ४३ पैसा पुगेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफाममा सुधार देखिएको छ । तर उच्चदरमा खराब कर्जा बढेको छ भने प्रतिशेयर नेटवर्थ समेत सामान्य घटेको छ ।
गत असारसम्म ७४ करोड १८ लाख निक्षेप संकलन गरी १ अर्ब ५८ कर्जा विस्तार गरेको छ भने बैंकहरुबाट ६० करोड सापट लिएको छ।

कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । यसले गत वर्षको नाफाबाट २३.५३ प्रतिशत बोनस वितरण गरेको थियो । जसको रिजर्भ कोषमा १० करोड ५१ लाख जम्मा गरेको छ ।

कम्पनीको खराब कर्जा ०.६८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४३ पैसा , प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७ पैसा तथा मूल्य आम्दानी अनुपात १७.९४ गुणा छ ।