अरुण भ्याली हाइड्रोपावरले पायो हकप्रद जारी गर्न अनुमति

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले ५० प्रतिशत अर्थात एक बराबर ०.५० कित्ता हकप्रद जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले मंगलबार बोर्डबाट ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा (९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता) हकप्रद शेयर जारी गर्न अनुमति माग गरेकोमा पहिलो चरणमा ५० प्रतिशत मात्र शेयर जारी गर्न अनुमति माग गरेको हो ।

हकप्रद निष्काशन अनुमति माग गर्दै कम्पनीले असोज २१ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगबाट गत साउन १६ गते स्वीकृती लिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार  १३ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।