दोभान बजारका अग्नि पीडितलाई नेपाल बैंकको ५ लाख सहयोग

0
Shares

नेपाल बैंक (NBL) ले ताप्लेजूङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र दोभान बजारका अग्नि पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गत फाल्गून १८ गते भएको भीषण आगलागीबाट दोभान बजारका ५२ वटा घरहरु र घरसंगै मालसामान पनि जलेर नष्ट भएका थिए ।

आगलागी पीडितका ३रपरीबारका लागि बैंकको तर्फबाट राहत स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नि पीडित घर परिवारहरुले दामासाहिले पाउने गरी उक्त रकम प्रदान गरेको बैंकले जनाएको छ।

बैंकले विभिन्न आर्थिक सामाजिक, सांस्कृतिक, दैवी तथा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामूदायिक हित संरक्षण लगायत क्षेत्रमा सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गदै आएको छ ।

बैंकले देशको ६९ जिल्लामा रहेका २०५ वटा शाखाहरु, ४१ वटा एक्स्टेन्सन काउन्टर तथा १४४ बटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ र आगामी आ.ब. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पूर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।