दुई लघुवित्तको आइपीओ पाइपलाइनमा थपियो

0
Shares

आइपीओ निष्काशनको सूचीमा दुई लघुवित्त थप भएका छन् । सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशनको अनुमति माग्दै दुई लघुवित्त कम्पनी धितोपत्र बोर्ड पुगेका छन् ।

बोर्डका अनुसार मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तले आइपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । बोर्डको अनुमतिपछि दुई लघुवित्तले साढे २३ करोड बढीको आइपीओ जारी गर्नेछन् ।

मनकामना लघुवित्तले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशन गर्न माग गर्दै आवेदन गरेको छ। उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।

यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्काशन गर्न माग गरेको छ । जीवन विकासको शेयर निष्काशन तथा बिक्री प्रबन्धक पनि एनएमबि क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार  ०७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।