दोहोरो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल दिने सेञ्चुरी बैंकको उद्घोष

0
Shares

सेञ्चुरी कमर्सियल बैंकले दोहारो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल दिने उद्घोष गरेको छ । बैंकको दशौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलार्ई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सो घोषणा गरेका हुन्।

श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको उल्लेख गर्दै बैंकले दोहारो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल प्रदान गरिने बताए । साथै बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

दशौं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिकरुपमा उद्घाटन गरे ।

उक्त समारोहमा बैंकका संचालकहरु सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना सहित मन्तव्य राख्नु भएको थिए । सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको थियोे ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको चुक्तापूँजी ९ अर्ब ३ करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको छ ।

वार्षिकोत्सवका अवसरमा आयोजित अन्य कार्यक्रमहरु

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाईटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेका थिए ।

बैंकले वानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन काठमाडौं र बनेपा धुलिखेल शाखा मार्फत उज्यालो महिला समाज बनेपालाई एकएक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरेको छ ।

त्यसैगरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ ।

चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्री निम्न माध्यामिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखा मार्फत पशुपति माध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ ।

टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाई तथा रङरोगन कार्य सम्पन्न गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।