कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा बढी आवेदन

0
Shares

कुमारी ईक्वीटी फण्डको इकाईमा माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन परको छ ।

कुमारी बैंक प्रवर्दक तथा कुमारी क्यापिटलको व्यवस्थापनमा बिक्रीमा ल्याइएको प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको ८ करोड इकाईहरुमा १० करोड ८० लाखको आवेदन परेको हो ।

फण्डको इकाईहरु फागनु १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरि फागनु २५ गते निष्काशन तथा बिक्री बन्द गरिएको थियो ।

आवेदकहरुबाट माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन परेपछि कुमारी क्यापिटलले ग्राहकहरुको विश्वसनीयता देखाएको भन्दै सबै लगानीकर्ताहरु प्रति कृतज्ञता प्रकट गरेको छ ।

कोष प्रबद्र्धक एवं योजना व्यवस्थापकले ग्राहकहरुबाट आगामी दिनहरुमा समेत निरन्तर सहयोग र सद्भावको अपेक्षा राखेको भन्दै लगानीकर्ताहरुले विश्वसनियतालाई आगामी दिनहरुमा कायम राख्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७७, बिहिबार  ०९ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।